प्रभु बैंकले जेठ ११ गतेदेखि ऋणपत्र जारी गर्ने

prabhu bank
Visa Travels

प्रभु बैंकले २०७८ जेठ ११ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा जेठ २६ गते हुनेछ ।

बैंकले निष्काशन गर्ने ४० लाख कित्ता ऋणपत्रमध्ये प्रतिइकाई रु १००० रुपैयाँको दरमा १६ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ भने २४ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैँले संघ संस्थालाई बिक्री गर्नेछ ।

ads

यस “प्रभु बैंक डिबेञ्चर – २०८७” नामक ऋणपत्रमा इच्छुक आवेदकले प्रति कित्ता रु १००० रुपैयाँका दरले न्युनत्तम २५ कित्ता देखि १० लाख कित्ता सम्म दरखास्त दिन सक्नेछन् । यस १० बर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.५% व्याज पाउनेछ ।

आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

Visa Travels