एचआईडीसीएलले पायो हकप्रद निष्काशनको अनुमति

right share -business awaj
Visa Travels

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सतप्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले एचआईडीसीएललाई आज २०७८ जेठ ९ गते सतप्रतिशत (१ः१ अनुपातमां) हकप्रद निष्काशन अनुमति दिएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले कुल ११ करोड कित्ताबाट हुन आउने ११ अर्ब रुपैयाँ बराबरको हकप्रदसेयर जारी गर्नेछ।

ads

निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ।

हाल एचआईडीसीएलको चुक्ता पुँजी ११ अर्ब रहेको छ भने हकप्रद निष्काशन पछि २२ अर्ब पुग्नेछ ।

Visa Travels