sana kisan bikas laghubitta

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले यस त्रैमासमा ४६ करोड ५३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४३ करोड ५० लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ६.९५ प्रतिशतले बढेको छ ।

यस अवधिमा लघुवित्तले २० अर्ब ९ करोड कर्जा सापटि २३ अर्ब ५० करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ७९ करोड कर्जा सापटि निक्षेप संकलन गरी २२ अर्ब १२ करोड कर्जा बिस्तार गरेको थियो ।

कम्पनीको खुद व्याज आम्दानी ९० करोड ५३ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७९ करोड ५० लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा ६९ करोड ५७ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६५ करोड ५० लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब २५ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब १८ करोड रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात ०.६५ प्रतिशतबाट बढेर ०.८० प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ४९.५७ रहेको छ भने नेटवर्थ २७४.१९ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३५.३८ गुणा रहेको छ ।

Visa Travels