shivam cements

शिवम् सिमेन्ट आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा १ अर्ब ९ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८६ करोड १५ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा २६.५२ प्रतिशतले बढेको छ ।

कम्पनीको यस त्रैमासमा बिक्री (व्यवसायिक आम्दानी) ७ अर्ब ३५ करोड छ भने गत आर्थिक वर्षमा ७ अर्ब ८ करोड रहेको थियो । त्यसैगरी अन्य आम्दानी ३ करोड ८९ लाख रहेको छ । कच्चा पदार्थको लागि ३ अर्ब ५ करोड र विद्युत महसुल तथा फ्युलको लागि १ अर्ब ५४ करोड खर्च गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रहेको छ भने सेयरधनीकोषमा ४ अर्ब १२ करोड रहेको छ । त्यसैगरी सेयर प्रिमियममा ९५ करोड ६२ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ३३.०३ रहेको छ भने नेटवर्थ ३१५(३८ रहेको छ ।

Visa Travels