यूनियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । खुद नाफामा सामान्य गिरावट आएको छ । यस त्रैमासमा ८ करोड २५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८ करोड ९२ लाख कमाएको थियो ।
यस अवधिमा कम्पनीले ५ अर्ब ५ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३ अर्ब १७ करोड खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा खुद वीमाशुल्क ५९.३९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ४७ करोड ८९ लाख र वीमालेख धितो कर्जाबाट ६ करोड ६ लाख अर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले १ अर्ब ४५ करोड खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ९६ करोड ४९ लाख र व्यवस्थापन खर्च बापत ६३ करोड ४५ लाख खर्च गरेको छ ।
यस कम्पनीको हाल सम्म कुल कायम रहेको वीमालेखको संख्या ३४ हजार ८ सय ४० रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रहेको छ भने जगेडा कोषमा ७३ करोड ७ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा ६ अर्ब ९० लाख रहेको छ भने महाविपत्ती कोषमा ८ करोड ११ लाख रहेको छ ।
कम्पनीले दीर्घकालिन लगानी तथा कर्जामा ५ अर्ब २६ कारोड र बीमालेख धितो कर्जामा ८ करोड २१ लाख परिचालन गरेको छ ।