प्रभु क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत संचालन हुने प्रभु सेलेक्ट फण्डको इकाइ २०७८ जेठ ५ गते देखि निष्काशन गर्ने भएको छ । निष्काशन बन्द छिटोमा जेठ ९ र ढिलोमा जेठ १५ गते हुनेछ ।

प्रति इकाई मूल्य रु १० दरको १० करोड इकाई मध्ये बीज पूँजी बापत १ करोड ५० लाख वा कुल बिक्री इकाइको १५ प्रतिशत इकाइ मध्ये कोष प्रबद्र्धक श्री प्रभु बैंकका लागि १४ प्रतिशत वा १ करोड ४० लाख इकाइ तथा योजना ब्यवस्थापक श्री प्रभु क्यापिटललाई १ प्रतिशत वा १० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुल्ला गर्नेछ ।

यो ७ बर्षे बन्दमुखी योजना हो । इच्छुक आवेदकले न्यूनतम १०० इकाई देखि अधिकतम ८ करोड ५० लाख इकाई सम्म आवेदन दिन सक्नेछन् । सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

 

Visa Travels