जीवन विकास लघुवित्तको आइपीओ आजबाट बिक्री खुल्ला

jeevan bikas laghubitta
Visa Travels

जीवन विकास लघुवित्त बित्तीय संस्थाको आइपीआ सेयर आज शुक्रबारबाट बिक्री खुल्ला भएको छ । आइपीओ निष्काशन बन्द असार १५ गते हुनेछ ।

लघुवित्तले १९,७७,३०,००० कित्ता सेयर प्रति शेयर रु १०० अंकित दरले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरेको छ । जस मध्ये ०.५% अर्थात् ३०,४२० कित्ता कर्मचारीहरुलाई, ५% अर्थात् ९८,८६५ सामुहिक लगानी कोषलाई र बाँकी रहेको १८,४८,०१५ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

ads

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम १,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

थप जानकारीको लागिः आइपीओ विश्लेषण

Visa Travels