असार २० गतेदेखि ज्योति विकास बैंकले ऋणपत्र जारी गर्ने

jyoti bikas bank
Visa Travels

ज्योति विकास बैंकले २०७८ असार २० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशन बन्द छिटोमा असार २३ गते र ढिलोमा श्रावन ३ गते हुनेछ ।

बैंकले निष्काशन गर्ने १५ लाख कित्ता ऋणपत्रमध्ये प्रतिइकाई रु १००० रुपैयाँको दरमा ६ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ भने ९ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बैंकले संघ संस्थालाई बिक्री गर्नेछ ।

ads

यस “ज्योति विकास बैंक बण्ड – २०८७” नामक ऋणपत्रमा इच्छुक आवेदकले प्रति कित्ता रु १००० रुपैयाँका दरले न्युनत्तम २५ कित्ता देखि ३० हजार कित्ता सम्म दरखास्त दिन सक्नेछन् । यस १० बर्ष अवधिको ऋणपत्रमा वार्षिक ९ प्रतिशत व्याज पाउनेछ ।

आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

एनआइबिएल एस क्यपिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

Visa Travels