मुक्तिनाथ विकास बैंकले ऋणपत्र जारी गर्न अनुमति पायो

Muktinath bikas bank
Visa Travels

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्काशन गर्न असार ८ गते स्वीकृति दिएको छ ।

बैंकले ‘८.७५%, मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक १,२५०,००० कित्ता ऋणपत्र प्रति कित्ता १००० रुपैयाँको दरले निष्काशन गर्नेछ । यस ७ वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशत व्याज पाउनेछ ।

ads

कुल निष्काशन मध्ये ५० कारोड बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने छ भने ७५ करोड बराबरको प्राइभेट प्लेसमेन्ट मार्फत बैंकले संघ संस्थालाई बिक्री गर्नेछ ।

निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Visa Travels