भोलीबाट निष्काशन हुने जीवन विकास लघुवित्तको आइपीओ सम्बन्धी सम्पूर्ण जानकारी

ipo of jeevan bikas laghubitta
Visa Travels

जीवन विकास लघुवित्त बित्तीय संस्थाले २०७८ असार ११ गते शुक्रबार देखि आईपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन बन्द असार १५ गते हुने कम्पनीले जनाएको छ ।

लघुवित्तले १९,७७,३०,००० कित्ता सेयर प्रति शेयर रु १०० अंकित दरले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरेको छ । जस मध्ये ०.५% अर्थात् ३०,४२० कित्ता कर्मचारीहरुलाई, ५% अर्थात् ९८,८६५ सामुहिक लगानी कोषलाई र बाँकी रहेको १८,४८,०१५ कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

ads

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम १,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

कम्पनी परिचयः
जीवन विकास लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गको वित्तीय संस्था हो । २०६९ साल श्रावण २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । २०७७ साल फागुन ३ ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी २०७५ फागुन २६ देखि वित्तीय कारोबार गर्दै अइरहेको छ ।

यस कम्पनीका संस्थापक तथा सञ्चालकहरुमा वित्तीय क्षेत्र, सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवम् व्यवस्थापनमा लामो समयदेखि कार्यरत अनुभवी प्रतिष्ठित व्यक्तिहरु रहेका छन् ।

संस्थागत लगानीकर्ताहरुमा जीवन विकास समाज, कटहरी, मोरङ, एनआईसी एशिया बैंक लि, श्री प्रभु क्यापिटल लिमिटेड (साविकको समृद्धि क्यापिटल लि.), श्री एस.आर.हाईड्रो एण्ड ईन्भेष्टमेन्ट प्रा.लि., विकासका लागि स्थानीय स्वयम् सेवकहरुको प्रयास (सल्भ नेपाल), धनकुटा सामुदायिक महिला विकास केन्द्र (स्वेडेक), राजविराज, सप्तरी रहेको छ ।

केन्द्रिय कार्यालय
यस कम्पनीको केन्द्रिय कार्यालय, प्रदेश १, मोरङ जिल्ला, कटहरी गाउँपालिका वडा नं.२ मा रहको छ । कार्यक्षेत्र र

शाखाः
यस कम्पनीले विभिन्न १९ जिल्लामा १३८ वटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ

आईपीओबाट प्राप्त पुँजीको उपयोग

पूँजी संरचना
अधिकृत पुँजी: १ अर्ब
जारी पुँजी: ६० करोड ८४ करोड
चुक्तापुँजी : ४१ करोड ६ लाख ७० हजार

संस्थापक सेयर (६७.५%) : ४१ करोड ६ लाख ७० हजार
सर्वसाधारण सेयर (३२.५%) : १९ करोड ७७ लाख ३० हजार

संचालक समिति
यस कम्पनीको संचालक समितिमा ७ जना सदस्य रहने व्यवस्था गरेको छ । संस्थापक समुहबाट ४ जना, सर्वसाधारण समुहबाट २ जना र स्वतन्त्र संचालक १ रहनेछ ।

बिक्रम राज सुवेदी यस संस्थामा अध्यक्ष पदमा कार्यरत छन् । जीवन विकास पब्लिक स्कुलमा ५ वर्ष कार्यकारी प्रमुख भई कार्य गरेकोछ । अन्य संचालकहरुः
श्याम चन्द्र खतिवड – संचालक
प्रकाश कुमार श्रेष्ठ – संचालक
ईन्द्र नारायण देव – संचालक
सोनिला शाक्य – स्वातन्त्र संचालक

व्यवस्थापकः
संजय कुमार मण्डल (प्रमुख कार्याकारी अधिकृत)
जीवन विकास समाज (एनजीओ) मा कोषाध्यक्ष/निर्देशक पदमा रही १५ वर्ष काम गरेका अनुभव रहेकोछ ।

वित्तीय विवरण

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्म पुँजी बृद्धि नगर्ने लक्ष्य रहेको छ । त्यसैले आगामी दिनमा यस कम्पनीले बोनस सेयर तथा हकप्रद सेयर भन्दा पनि नगद लाभांशमा जोड हुन सक्छ । जगेडा कोषमा रकम बृद्धि गर्दै २०७९/८० सम्ममा २ अर्ब ८५ करोड पुर्याउने लक्ष्य राखेको छ । व्यवसाय बृद्धि गर्दै हाल ३ अर्ब रहेको बासलातको आकार ३३ अर्ब माथि पु¥याउने लक्ष्य राखेको छ ।

यस कम्पनीले आर्थिक बर्ष २०७५/७६ देखि नै खुद नाफा कमाउन सफल रहेको छ । यस आर्थिक वर्षको चैत मसान्त सम्ममा खुद नाफा ५६ करोड ३९ लाख कमाएको छ । आगामी दिनमा पनि नाफा बृद्धी गर्दै जाने लक्ष्य राखेको छ ।

यस लघुवित्तको आर्थिक वर्ष २०७६/७७ सम्ममा प्रति सेयर आम्दानी १०४.९७ रहेको छ भने नेटवर्थ ३०५.२७ रहेको छ ।

क्रेडिट रेटिङ्ग

कति कित्ताको लागि आवेदन दिने ?
सेयर बाँडफाँड नियमवलि अुनसार सबै आवेदकलाई १० कित्ता सेयर वितरण गर्नु पर्ने हुँदा यस आइपीओ १ लाख ८४ हजार ८ सय १ जनालाई १० कित्ता दरले वितरया गर्न पूग्नेछ । जस मध्ये पाँच जनाले थप ११कित्ता सेयर पाउने सम्भावना रहेकोछ । यस अघिको आईपीओमा १५ लाख भन्दा बढी आवेदन आएको हुदा यस आइपीओमा पनि सेयर पाउन भाग्यमै भरपर्नु पर्ने हुन्छ । त्यसैले १० कित्ता भन्दा बढी कित्ता माग गरेर आवेदन दिनु उचित हुने छैन ।

आईपीओ सुचिकरण रेन्ज
पहिलो करोबारको लागि यस जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिस्टिङ रेन्ज रु ३०५.२७ देखि ९१५.८१ सम्म हुनेछ ।

नोटः आवदेन दिनु अघि आफैले थप अनुसन्धान गर्नुहोला

Visa Travels