यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गते देखि आइपीओ जारी गर्ने

unionlife insurance
Visa Travels

यूनियन लाइफ इन्स्योरेन्सले साधारण सेयर ९आइपीओ० २०७८ असार २४ गते देखि निष्काशन गर्ने भएको छ। आइपीओ निष्काशन बन्द असार २८ गते हुनेछ । यूनियन लाइफलाई नेपाल धितोपत्र बोर्डले असार १३ गते अनुमति दिएको थियो ।

यूनियन लाइफ इन्स्योरेन्सले जारी पुँजीको ३० प्रतिशत आर्थत् ६४ लाख ५० हजार कित्ता साधारण सेयर प्रति कित्ता रु १०० रुपैयाँको दरले निष्काशन गर्नेछ । जसमध्ये ५ प्रतिशत अर्थात् ३,२२,५०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ३,२२,५०० कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ५८,०५,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

ads

इच्छुक आवेदकले मेरोसेयर वा सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत न्यूनतम १० कित्ता देखि ३२,२५० कित्ता सम्म आवेदन दिन सक्नेछ ।

निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको छ ।

आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड पुग्नेछ ।

Visa Travels