अपि पावरको अवितरित हकप्रद सेयर साउन १३ गतेदेखि लिलाममा

api power
Visa Travels

अपि पावर कम्पनीको अवितरित हकप्रद सेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ । २०७८ साउन १३ गतेदेखि शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछ । बोलपत्र पेश गर्ने अन्तिम दिनसाउन २० गते रहेको छ ।

कम्पनीको बिक्री नभएको सर्वसाधारण समुह तर्फको २,१५,५९९ कित्ता हकप्रद सेयर लिलाममा ल्याएको हो ।
आवेदन फाराम रु १०० नगद भुक्तानी गरी लगानीकर्ताहरुले मुक्तिनाथा क्यापिटल लिमिटेड र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयहरुमार्फत प्राप्त गर्न सक्नेछ ।

ads

आवेदकले सेयर खरिदको लागि बोलपत्र पेशगर्दा सर्वसाधारण सेयरको लागि न्यूनतम १०० कित्ता वा सो भन्दा भढी आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य रु १०० तोकिएको हुँदा रु १०० वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

खरिद गर्न चाहेको सेयरको सम्पूर्ण रकम मुक्तिनाथ क्यापिटल लिमिटेडको नाममा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड, कमलादीमा रहेको खाता नंः ०३५१०२००४०६५३२००००१७ मा जम्मा गर्नुपर्ने छ ।

निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मुक्तिनाथ क्यापिटल लिमिटेडरहेको छ ।

Visa Travels