मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुल्ला

Muktinath bikas bank
Visa Travels

मुक्तिनाथ विकास बैंकको ऋणपत्र आज साउन ७ गते देखि निष्काशन तथा विक्री खुल्ला भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्काशन गर्न असार ८ गते स्वीकृति दिएको छ । निष्काशन बन्द छिटोमा साउन ११ गते र ढिलोमा साउन २१ गते बैंकिङ्ग समय पछि बन्द हुनेछ ।

बैंकले “८.७५%, मुक्तिनाथ विकास बैंक डिबेन्चर/ऋणपत्र २०८४/८५” नामक १,२५०,००० कित्ता ऋणपत्र प्रति कित्ता १००० रुपैयाँको दरले निष्काशन गरिएको छ । कुल निष्काशन मध्ये ५० कारोड बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने छ भने ७५ करोड बराबरको प्राइभेट प्लेसमेन्ट मार्फत बैंकले संघ संस्थालाई बिक्री गर्नेछ

ads

यस ७ वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.७५ प्रतिशत व्याज पाउनेछ । सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम ५ लाख कित्ता सम्म आवेदन दिन सकिनेछ । मेरो सेयर तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिन्छ ।

निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Visa Travels