आइपीओ निष्काशन गर्न सानिमा लाइफले पायो बोर्डबाट अनुमति

sanima life insurance
Visa Travels

सानिमा लाइफ इन्स्योरेन्सले प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले सानिमा लाइफलाई असार ३१ गते अनुमति दिएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ सेयर प्रति कित्ता रु १०० रुपैयाँको दरले निष्काशन गर्ने भएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको छ ।

ads

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रहेको छ । प्राथमिक शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

Visa Travels