यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आज २०७८ असार २४ गते विहिबार देखि आईपीओ निष्काशन खुल्ला भएको छ । असार २८ गते बैंकिङ्ग समय पश्चात आइपीओ निष्काशन बन्द हुनेछ ।

लाइफ इन्स्योरेन्सले जारी पुँजीको ३० प्रतिशत आर्थत् ६४ लाख ५० हजार कित्ता साधारण सेयर प्रति कित्ता रु १०० रुपैयाँको दरले निष्काशन गर्नेछ । जसमध्ये ५ प्रतिशत अर्थात् ३,२२,५०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ३,२२,५०० कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित राखि बाँकी रहेको ५८,०५,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ३२,२५० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी प्रत्याभूति गर्ने संस्था नवील इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनी परिचयः
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीमा समितिबाट इजाजतपत्र प्राप्त जीवन वीमा कम्पनी हो । २०७४ असार २० गते इजाजत पत्र प्रप्त गरी २०७४ असोज ४ गतेदेखि वीमा व्यवसाय गर्दै आइरहेको छ । यस कम्पनीमा देशका प्रतिष्ठित उद्योगपति, व्यापारी, व्यवसायीहरुको लगानी रहेको छ ।

केन्द्रिय कार्यालय
यस कम्पनीको रजिष्टर्ड कार्यालय, सिद्धार्थनगर नगारपालिका वडा नं. ८, रुपन्देहीमा रहको छ । करोबार गर्ने मुख्य स्थान काठमाडौं जिल्ला, नयाँ बाँनेश्वरमा रहेको छ ।

कार्यक्षेत्र र शाखाः
यस कम्पनीले विभिन्न जिल्लाहरुमा २०४ वटा शाखा कार्यालयहरुबाट जीवन वीमा सेवा प्रदान गर्दै आएको छ ।

पूँजी संरचना
अधिकृत पुँजी : २ अर्ब १५ करोड
जारी पुँजी : २ अर्ब १५ करोड
चुक्तापुँजी : १ अर्ब ५० करोड ५ लाख

संस्थापक सेयर (७०%): १ अर्ब ५० करोड ५ लाख
सर्वसाधारण सेयर (३०%) : ६४ करोड ५० लाख

संचालक समिति
यस कम्पनीको संचालक समितिमा ७ जना सदस्य रहने व्यवस्था गरेको छ । संस्थापक समुहबाट ४ जना, सर्वसाधारण समुहबाट २ जना र स्वतन्त्र संचालक १ रहनेछ ।

शुलभ अग्रवाल यस संस्थामा अध्यक्ष पदमा कार्यरत छन् ।

व्यवस्थापकः
मनोज कुमार लाल कर्ण (प्रमुख कार्याकारी अधिकृत)को रुपमा कार्यरत छन् ।

वित्तीय विवरण


कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्म पुँजी बृद्धि नगर्ने लक्ष्य रहेको छ । त्यसैले आगामी दिनमा यस कम्पनीले बोनस सेयर तथा हकप्रद सेयर भन्दा पनि नगद लाभांशमा जोड हुन सक्छ ।

यस कम्पनीले आर्थिक बर्ष २०७३/७४ देखि नै खुद नाफा कमाउन सफल रहेको छ । । आगामी दिनमा पनि नाफा बृद्धी गर्दै जाने प्रक्षेपण गरेको छ ।

क्रेडिट रेटिङ्ग

आईपीओबाट प्राप्त पुँजीको उपयोग


कति कित्ताको लागि आवेदन दिने ?
यस अघि निष्काशन गरिएको आइपीओलाई हेर्नेको भने जारी संख्या भन्दा अत्यादिक आवेदन परेको हुदाँ १० कित्ता मात्र आवेदन दिन उचित हुनेछ ।

Find out prospectus of union life insurance’s IPO

नोटः आवदेन दिनु अघि आफैले थप अनुसन्धान गर्नुहोला

Visa Travels