सिटिजन्स बैंक र सिर्जना फाइनान्सको असार २६ गते देखि एकीकृत कारोबार हुने

citizen bank international

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति पश्चात असार २६ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।

दुवै कम्पनीको जेठ २७ गते सम्पन्न भएको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार १७ गते स्वीकृती प्रदान गरेको थियो ।

ads

प्राप्तिपपछि सिर्जना फाइनान्सको १०० कित्ता सेयर हुनेले सिटिजन्स बैंकको ९५ कित्ता सेयर पाउनेछन् । त्यस्तै, प्राप्तिपश्चात बैंकको चुक्तापूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं। १ नारायणहीटी पथमा रहनेछ ।

त्यसैगरी, डाटा माइग्रेशन प्रयोजनको लागि दुवै कम्पनीको कारोबार असार २५ गते बेलुका ५ बजेदेखि असार २६ गतेसम्म संस्थाले प्रदान गर्ने एटिएम, मोवाइल बैंकिङ, अनलाइन बैंकिङ, डेविट कार्ड सेवा, सन्ध्याकालिन काउन्टरका सम्पुर्ण सेवा बन्द रहनेछ ।

Visa Travels