मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि आइपीओ निष्काशन गर्ने

mailung khola jalvidhut
Visa Travels

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले २०७८ साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। साउन १८ गतेसम्म निष्काशन खुल्ला रहनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

ads

इच्छुक आवेदकले न्यूनतम १० कित्ताका देखि अधिकतममा १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनसकिनेछ। आवेदकले सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

Visa Travels