nabil bank

नबिल बैंकले २०७८ श्रावन १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशन बन्द छिटोमा श्रावन १३ गते र ढिलोमा श्रावन २४ गते हुनेछ ।

बैंकले निष्काशन गर्ने ३० लाख कित्ता ऋणपत्रमध्ये प्रतिइकाई रु १००० रुपैयाँको दरमा १२ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ भने १८ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बैंकले संघ संस्थालाई बिक्री गर्नेछ ।

यस “८% नबिल डिबेन्चर २०८५” नामक ऋणपत्रमा इच्छुक आवेदकले प्रति कित्ता रु १००० रुपैयाँका दरले न्युनत्तम २५ कित्ता दरखास्त दिन सक्नेछन् । यस ७ बर्ष अवधिको ऋणपत्रमा वार्षिक ८ प्रतिशत व्याज पाउनेछ ।

आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

हिमालयन क्यपिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

Visa Travels