फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा सामान्य बृद्धि

first microfinance laghubitta
Visa Travels

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा १४ करोड १५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १३ करोड ९७ लाख नाफा आर्जन गरेको थियो । तुलनाको अवधिमा नाफा १.२५ प्रतिशतले बढेको छ ।

ads

यस अवधिमा लघुवित्तले ८ अर्ब ६० करोड कर्जा सापटि गरी ८ अर्ब २० करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ३५ करोड कर्जा सापटि गरी ५ अर्ब ५४ करोड कर्जा बिस्तार गरेको थियो ।

कम्पनीको खुद व्याज आम्दानी २६ करोड ४७ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४१ लाख रहेको थियो । त्यसैगरी सञ्चालन नाफा २२ करोड ५१ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २१ करोड ७९ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ८७ करोड ६८ लाख रहेको छ भने जगेडा कोषमा २८ करोड १ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १६.१४ रहेको छ भने नेटवर्थ १३१.९५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ५०.९९ गुणा रहेको छ ।

Visa Travels