कामना सेवा विकास बैंकको खुद नाफा ४८४.९० प्रतिशतले बृद्धि

kamana sewa bikas bank
Visa Travels

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार मुनाफा उल्लेख्य बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा ७० करोड २ लख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ११ करोड ९७ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ४८४.९० प्रतिशतले बृद्धि भएको छ ।

ads

बैंकले ४४ अर्ब ४५ करोड निक्षेप संकलन गरेर ३८ अर्ब ८२ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३१ अर्ब ९० लाख निक्षेप संकलन गरेर २५ अर्ब ९२ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १ अर्ब ४९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ७१ करोड ९६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १६ करोड ५७ लाख रहेको थियो ।

कम्पनीको खुद व्याज आम्दानी बढे सँगै गैर सञ्चालन आम्दानीबाट २८ करोड ७६ लाख, इम्पेरमेन्ट चार्ज घटेपछि खुद नाफा उल्लेखिय बृद्धि भएको हो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ४३ करोड ४५ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ६५ करोड रहेको छ । जगेडा कोषमा ८४ करोड ४३ लाख छ भने कम्पनीको संचित नाफा ४४ करोड ४८ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ४.७१ बाट बढेर रु २६.४० रहेको छ भने नेटवर्थ रु १४८.६१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २१.९७ गुणा रहेको छ ।

Visa Travels