महालक्ष्मी विकास बैंकको खुद नाफा ७१ प्रतिशतले बृद्धि हुँदा लाभांश क्षमता कति?

mahalaxmi bikas bank
Visa Travels

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा ७३ करोड २९ लख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४२ करोड ८५ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ७१.०२ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले ३८ अर्ब ६० करोड निक्षेप संकलन गरेर ३० अर्ब १० करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ९७ लाख निक्षेप संकलन गरेर २९ अर्ब ४३ करोड कर्जा विस्तार गरेको थियो ।

ads

बैंकको खुद व्याज आम्दानी १ अर्ब ५६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब २ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड ९९ लाख रहेको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि नेट ट्रेडिङ्ग आम्दानी र अन्य सञ्चालन आम्दानी बढेका कारण बैंकको खुद नाफा बढेको हो। कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ५६ करोड ३८ लाख रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १६ प्रतिशत रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३४ करोड रहेको छ । जगेडा कोषमा १ अर्ब ५९ करोड छ भने कम्पनीको संचित नाफा ५६ करोड ७६ लाख रहेको छ ।

कम्पनीको निष्कृय कर्जा अनुपात बढेर ३.३२ प्रतिशत रहेको छ भने गत आर्थिक वर्षमा २.८० प्रतिशत रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु १३.९५ बाट बढेर रु २१.९३ रहेको छ भने नेटवर्थ रु १६४.७५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २०.२९ गुणा रहेको छ ।

Visa Travels