सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान – आइपीओ प्रस्ताव पारित गरिने

sun nepal life insurance
Visa Travels

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेश्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वार्षिक साधारणसभा २०७८ साउन २५ गते भर्चुअल माध्यमबाट दिउसो ३ बजे, कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंबाट हुने भएको छ ।

सभाले सेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) निष्काशनको प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले ६० करोड बराबरको आइपीओ जारी गर्नेछ ।

ads

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ । आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ । आइपीओ जारी पश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ ।

Visa Travels