तेह्रथुम पावर कम्पनीको आइपीओ निष्काशन तथा विक्री खुल्ला

initial public offering - IPO
Visa Travels

तेह्रथुम पावर कम्पनीले आज साउन ५ गतेदेखि आइपीओ निष्काशन खुल्ला गरेको छ । आइपीओ निष्काशन बन्द छिटोमा साउन १९ गते र ढिलोमा भदौ ०२ गते बन्द हुनेछ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बसिन्दाहरुका लागि निष्काशन गरेको छ । इच्छुक आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम ६०,००० कित्ता सम्म आवेदन दिन सक्नेछ ।

ads

आवेदकले माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ।

Visa Travels