सेञ्चुरी बैंकले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा ७५ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८० करोड ४ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ६.७७ प्रतिशतले घटेको छ ।
बैंकले ९३ अर्ब ४९ करोड निक्षेप संकलन गरेर ७८ अर्ब ९ करोड कर्जा विस्तार गरेको छ । तुलनाको अवधीमा निक्षेप ४३.१५ प्रतिशतले बृद्धि हुँदा कर्जा विस्तार ३४.३० प्रतिशले बृद्धि भएको छ ।
बैंकको खुद व्याज आम्दानी २ अर्ब ६० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६९ करोड रहेको थियो ।
खुद व्याज आम्दानीघटेसँगै इम्पयरमेन्ट चार्ज बृद्धि हुँदा खुद नाफा घटेको हो । हाल सम्मको वितरण योग्य नाफा २८ करोड ८३ रहेको छ । यस आधारमा करिब ६ प्रतिशत लाभांश क्षमता रहेको देखिन्छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ७३ करोड रहेको छ । जगेडा कोषमा ६७ करोड ५२ लाख रहेको छ भने कम्पनीको संचित नाफा ५९ करोड ४६ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ८.३० रहेको छ भने नेटवर्थ रु १२२.३४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३५.०५ गुणा रहेको छ ।