गोर्खाज फाइनान्सको खुद नाफा उल्लेख्य बृद्धि – लाभांश क्षमता कति?

gurkhas finance
Visa Travels

गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले यस त्रैमासमा २० करोड १८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७ करोड ९४ लाख नोक्सानीमा रहेको थियो । तुलनाको अवधिमा खुद नाफा उल्लेख्य सुधार गरेको छ ।

यस आवधीमा फाइनान्सको निक्षेप संकलन तथा कर्जा विस्तार पनि बढेको छ । निक्षेप ८ अर्ब १५ करोड रहेको छ भने कर्जा विस्तार ५ अर्ब ५६ करोड रहेको छ ।

ads

कम्पनीको खुद व्याज आम्दानी घटेपनि, अन्य संचालन आम्दानी बृद्धि र इम्पेयरमेन्ट चार्ज रिर्भस गर्दा खुद नाफा उल्लेख्य बढेको हो । वितरण योग्य नाफा १० करोड ३६ लाख रहेको छ । लाभांश क्षमता करिब १२ प्रतिशत रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ८६ करोड ७९ लाख रहेको छ । जगेडा कोषमा ७५ करोड ६४ लाख रहेको छ भने कम्पनीको संचित नाफा १० करोड ३६ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २३.२६ रहेको छ भने नेटवर्थ रु २०१.४४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ५३.७४ गुणा रहेको छ ।

Visa Travels