मञ्जुश्री फाइनान्सको खुद नाफा ११५.८१ प्रतिशतले बृद्धि – लाभांश क्षमता कति?

manjushree finance
Visa Travels

मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले यस त्रैमासमा ५६ करोड ८१ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २६ करोड ३२ लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ११५.८१ प्रतिशतले बृद्धि भएको छ ।

फाइनान्सले यस अवधिमा ८ अर्ब ९१ करोड निक्षेप संकलन गरेर ६ अर्ब २० करोड कर्जा विस्तार गरेको छ । तुलनाको अवधीमा निक्षेप ५२.३८ प्रतिशतले बृद्धि हुँदा कर्जा विस्तार ५.४८ प्रतिशले बृद्धि भएको छ ।

ads

कम्पनीको खुद व्याज आम्दानी २८ करोड ११ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३९.३७ करोड रहेको थियो ।

कम्पनीको खुद व्याज आम्दानी २८ प्रतिशतले घटे पनि अन्य संचालन मुनाफा ७६ करोड २६ लाख आर्जन गर्दा खुद नाफा उल्लेख्य बृद्धि भएको हो । हाल सम्मको वितरण योग्य नाफा ४८ करोड ५६ लाख रहेको छ । यस हिसाबले करिब ५० प्रतिशतको लाभांश क्षमता रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ९६ करोड ५३ लाख रहेको छ । जगेडा कोषमा २८ करोड २१ रहेको छ भने कम्पनीको संचित नाफा ४८ करोड ५६ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ३४.३४ बाट बढेर रु ५८.८५ रहेको छ भने नेटवर्थ रु १८० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २१.७५ गुणा रहेको छ ।

Visa Travels