गुडविल फाइनान्सले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा १८ करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १० करोड ७८ हजार आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ६९.८६ प्रतिशतले बृद्धि भएको छ । वितरण योग्य नाफा १३ करोड ७२ लाख रहेको छ । लाभांश क्षमता करिब १५ प्रतिशत रहेको छ ।
कम्पनीको खुद व्याज आम्दानी घटेपनि, अन्य संचालन आम्दानी बृद्धि र गैर संचालन मुनाफा बृद्धि हुदाँ खुद नाफा बढेको हो ।