financial reports

मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा १२ करोड १७ लाख चुक्तापुँजी भएको यस लघुवित्तले ५ करोड ६१ लाख खुद नाफा कमाएको छ । तुलनाको अवधीमा खुद नाफा १३८.६३ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ३५ लाख कमाएको थियो । यस लघुवित्तको जगेडा कोषमा १५ करोड २३ लाख रहेको छ ।

mithila laghubitta

यस अवधिमा लघुवित्तले १ अर्ब ४ करोड कर्जा सापटि र ४९ करोड ६६ लाख निक्षेप संकलन गरी १ अर्ब ६९ करोड कर्जा विस्तार गरेको छ । कम्पनीको खुद व्याज आम्दानी १२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ६५ लाख रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु ४६.१३ रहेको छ भने नेटवर्थ २२५.१३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ५०.८३ गुणा रहेको छ ।

Visa Travels