पोखरा फाइनान्सको खुद नाफा ७४ प्रतिशतले बृद्धि – लाभांश क्षमता कति?

pokhara finance
Visa Travels

पोखरा फाइनान्सले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा १२ करोड ७० लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७ करोड ३० लाख आर्जन गरेको थियो । तुलनाको अवधिमा खुद नाफा ७४.०५ प्रतिशतले बृद्धि भएको छ । वितरण योग्य नाफा ९ करोड ३२ लाख रहेको छ । लाभांश क्षमता करिब १० प्रतिशत रहेको छ ।

कम्पनीको खुद व्याज आम्दानी बढेसँगै, अन्य संचालन आम्दानी बृद्धि हुदाँ खुद नाफा बढेको हो ।

ads

हाल कम्पनीको चुक्तापुँजी ९६ करोड ३१ लख रहेको छ । जगेडा कोषमा ३० करोड ५५ लाख रहेको छ भने कम्पनीको संचित नाफा ९ करोड ३२ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १३.१९ रहेको छ भने नेटवर्थ रु १४१.४१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ५०.७९ गुणा रहेको छ ।

Visa Travels