standard chartered bank

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा १ अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ९८ करोड गरेको थियो । तुलनाको अवधिमा खुद नाफा २९.४९ प्रतिशले घटेको छ । वितरणयोग्य नाफा १ अर्ब १७ करोड लाख रहेको छ । लाभांश क्षमता करिब १३ प्रतिशतको रहेको छ । खुद व्याज आम्दानी घटेसँगै खुद नाफा घटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ५७ करोड रहेको छ । जगेडा कोषमा ५ अर्ब ९१ करोड रहेको छ भने कम्पनीको संचित नाफा १ अर्ब ७४ करोड रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १६.३५ रहेको छ भने नेटवर्थ रु १८९.२७ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३६.०९ गुणा रहेको छ ।

Visa Travels