एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

excel development bank
Visa Travels

एक्सेल डेभलपमेन्ट बैंकले २०७८ असोज २५ गते देखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कार्तिक १४ गते हकप्रद सेयर निष्काशन बन्द हुनेछ ।

एक्सेल डेभलपमेन्ट बैंकले १०ः३ अर्थात २,४३३,३६३।६७ कित्ता हकप्रद सेयर प्रति कित्ता रु १०० रुपैयाँमा जारी गर्नेछ ।

ads

यस हकप्रद सेयरमा २०७८ भदौ ३१ सम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । असोज १ गते बुक क्लोज रहेको थियो । योग्य सेयरधनीहरुले मेरो सेयर तथा सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् ।

निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

Visa Travels