कामना सेवा विकास बैंकले गर्यो बोनस सेयर घोषणा

kamana sewa bikas bank
Visa Travels

कामना सेवा विकास बैंकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर ०।९७ प्रतिशत नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस बैंकको चुक्तापुँजी २ अर्ब ६५ करोड रहेको छ ।

Visa Travels