न्यादी हाइड्रोपावरको आइपीओ असोज १५ गतेदेखि निष्काशन हुने

initial public offering - IPO
Visa Travels

न्यादी हाइड्रोपावर लिमिटेडले २०७८ असोज १५ गतेदेखि सर्वसाधारणलाई आइपीओ सेयर निष्काशन तथा विक्री खुल्ला गर्ने भएको छ । आइपीओ निष्काशन असोज १९ गते हुनेछ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्काशन गर्ने भएको छ । जसमध्ये २ प्रतिशत अर्थात् ४५,००० कित्ता, ५ प्रतिशत अर्थात् १,१२,५०० कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी रहेको २,०९,५०० कित्ता सर्वसाधारणाई निष्काशन गरिएको छ ।

ads

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतक ५० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । मेरो सेयर तथा सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । यस आइपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ।

Visa Travels