सानिमा माई हाइड्रोपावरको साधारणसभा आह्वान – बुक क्लोज कहिले?

sanima mai hydropower
Visa Travels

सानिमा माई हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १०औं वार्षिक साधारणभा २०७८ कार्तिक ११ गते सेलिब्रेसन हाइट, सुकेधारा, काठमाडौंबाट भर्चुअल माध्यमबाट विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्तापुँजी १० प्रतिशत बोनस सेयर ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । हालको जारी तथा चुक्तापुँजी २ अर्ब ८० करोडबाट बृद्धि गरी ३ अर्ब ८ करोड कायम गर्ने भएको छ ।

ads

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७७–७८ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७८–७९ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ । यस सभाले साधारण सेयरधनीहरुको समुहबाट ३ जना संचालको निर्वाचन गर्ने भएको छ ।

सभा प्रयोजनको लागि २०७८ असोज १८ गते एक दिन बुक क्लोज रहेको छ । असोज १७ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels