आशा लघुवित्तको बोनस सेयर घोषणा

asha laghubitta bittiya sanstha
Visa Travels

आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ असोज १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर १.३१५७८९४ प्रतिशत नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस लघुवित्तको चुक्तापुँजी २६ करोड ७१ लाख रहेको छ ।

Visa Travels