यी तीन कम्पनीले गर्यो लाभांश घोषणा

Dividend
Visa Travels

ग्लोबल आइएमई लघुवित्तले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ असोज १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । हाल यस लघुवित्तको चुक्तापुँजी ४३ करोड १७ लाख रहेको छ ।

त्यसैगरी सबैको लघुवित्तको २०७८ असोज १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस सेयर १.६३ प्रतिशत नगद लाभांश गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । हाल यस लघुवित्तको चुक्तापुँजी २० करोड ६० लाख रहेको छ ।

त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंककोे २०७८ असोज १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । हाल यस बैंकको चुक्तापुँजी २ अर्ब ७३ करोड रहेको छ ।

Visa Travels