नेपाल बङ्गलादेश बैंकले डाक्यो साधारणसभा – बुक क्लोज कहिले?

nepal bangladesh bank
Visa Travels

नेपाल बङ्गलादेश बैंकले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको २७औं वार्षिक साधारणभा २०७८ मंसिर २ गते बैकको रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंबाट ३ बजे भर्चुअल माध्यबाट हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्तापुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

ads

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७७–७८ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ । आर्थिक बर्ष २०७८–७९ को लेखा परिक्षण गर्न लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

संस्थापक सेयरधनीहरु र सर्वसाधराण शेयरधनहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना संचालनकहरुको निर्वाचन गर्नेछ ।

सभा प्रयोजनको लागि २०७८ कार्तिक १५ गते बुक क्लोज रहेको छ । कार्तिक १४ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels