एनएमबि बैंकले गर्यो लाभांश घोषणा

nmb bank
Visa Travels

एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको २०७८ कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।

हाल यस बैंकको चुक्तापुँजी १६ अर्ब ३२ करोड रहेको छ ।

Visa Travels