साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस तथा नगद लाभांश घोषणा

Dividend
Visa Travels

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको २०७८ असोज १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । कम्पनीको साधारणसभा २०७८ कार्तिक १६ गते हुने भएकोछ ।

ads

सभा प्रयोजनको लागि २०७८ कार्तिक २ गते देखि कार्तिक १६ गतेसम्म बुक क्लोज मिति तय गरेको छ । कार्तिक १ गते सम्म कायम सेयरधनीहरु उक्त लाभांश पाउन योग्य हुनेछ ।

Visa Travels