फर्स्ट माइक्रोफाइनान्सले साधारणसभाको लागि तोक्यो बुक क्लोज

first microfinance laghubitta
Visa Travels

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १२औं वार्षिक साधारणभा २०७८ मंसिर १६ गते आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौंमा विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

ads

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७७–७८ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ । आर्थिक बर्ष २०७८–७९ को लेखा परिक्षण गर्न लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनको लागि २०७८ मंसिर ५ गते बुक क्लोज रहेको छ । मंसिर ४ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels