लक्ष्मी लघुवित्तले डाक्यो साधारणसभा – बुक क्लोज कहिले?

annual general meeting
Visa Travels

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको १०औं वार्षिक साधारणभा २०७८ मंसिर १० गते अग्रवाल भवन कमपलपोखरी, काठमाडौंमा विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र ७.३७ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

ads

यस संस्थाले अन्य वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७७–७८ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ । आर्थिक बर्ष २०७८–७९ को लेखा परिक्षण गर्न लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनको लागि २०७८ कार्तिक ३० गते बुक क्लोज रहेको छ । कार्तिक २९ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels