सर्वाधिक नाफा कमाउनेमा एनआईसी एशिया बैंक, सर्वाधिक नाफा बृद्धि गर्नेमा सिभिल बैंक – कुन बैंकको नाफा कति?

bank report Q1
Visa Travels

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरि सकेको छ । प्रकाशित वित्तीय वितरण अनुसार २३ बैंकको खुद नाफा बृद्धि हुँदा ४ बैंकको खुद नाफा घटेको छ । यस अवधिमा ५ बैंकले १ अर्ब माथि खुद नाफा आर्जन गरेको छ ।

वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा एनआईसी एशिया बैंकले कमाउन सफल भएको छ । पहिलो त्रैमासमा यस बैंकले १ अर्ब १८ करोड खुद नाफा कमाएको छ ।

ads

त्यसैगरी दोश्रोमा रहेको छ नबिल बैंक, १ अर्ब ११ करोड खुद नाफा रहेको छ भने तेश्रोमा ग्लोबल आइएमई बैंक जसको १ अर्ब ११ करोड खुद नाफा रहेको छ ।

सबैभन्दा कम खुद नाफा कमाउनेमा बैंक अफ काठमाडौं रहेको छ । बैंकले यस अवधिमा २५ करोड ३५ लाख कमाएको छ ।


त्यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा सर्वाधिक खुद नाफा बढाउनेमा सिभिल बैंक रहेको छ । सिभिल बैंकको खुद नाफा २०१.८८ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद नाफा ९ करोड ६७ लाखबाट बढेर २९ करोड १८ लाख पुगेको हो ।

त्यसैगरी दोश्रो स्थानमा सिद्धार्थ बैंक रहेको छ । सिद्धार्थ बैंकको नाफा ८९.५० प्रतिशतले बढेर ९४ करोड ८७ लाख पुगेको छ । तेश्रो स्थानमा नेपाल एसबिआई बैंक रहेको छ । बैंकको खुद नाफा ८५.९९ प्रतिशतले बढेकोहो ।

चार बैंकको भने खुद नाफा घटेको छ । प्राइम बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकको खुद नाफा घटेको हो । नेपाल बंगलादेश बैंकको खुद नाफा २७.९३ प्रतिशतले घटेको छ भने प्रभु बैंकको खुद नाफा २५.१४ प्रतिशतल घटेको छ ।

Visa Travels