काठमाडौं । बीमा समितिले बैंकहरुमा निक्षेप राख्ने भएको छ। समितिले एक सूचना जारी गर्दै सात दिनभित्र निक्षेप राख्न चाहाने वाणिज्य तथा विकास बैंकले दरभाउ र वित्तिय विवरणसहित सिलबन्दी दरभाउ पत्र पेश गर्न भनेको हो। समितिमा रहेको निक्षेप राख्नका लागि बैंकहरुले अधिकतम ब्याजदर, पछिल्लो त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सान विवरण पेश गर्नु पर्नेछ।

त्यस्तै, बैंकहरुको निष्कृय सम्पत्ति, कर्जा निक्षेप अनुपात, पुँजी पर्याप्तता कोषको विवरण समेत पेश गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ।

Visa Travels