काठमाडौं  । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साधरण सेयर आईपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यी २ कम्पनीले गत शुक्रबार एक कार्यक्रम आयोजना गरि बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन्।

भगवती हाइड्रोपावरले कुल १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयलाई ५ लाख ७२ हजार ६४ कित्ता र सर्वसाधारणलाई ८ लाख ५८ हजार ९८ कित्ता सेयर जारी गरिनेछ । आईपीओ निष्काशनपछी कम्पनीको चुक्ता पुँजी कुल १४ करोड ३० लाख १६ हजार २ सय पुग्नेछ ।

Visa Travels