काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त हुने आर्थिक वृद्धि तथा उत्थानशीलताका १० अर्ब ३९ करोड रुपैयाँको नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यसैगरि मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७८/७९ को लागि उखुको न्यूनतम खरिद मूल्य ५ सय २० रुपैयाँ निर्धारण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका विभिन्न वितरण केन्द्र र प्रसारण लाइनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी पनि मन्त्रिपरिषद्ले तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

Visa Travels