काठमाडौं । अब ‘खल्ती’ डिजिटल वालेटमार्फत ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम तिर्दा प्रयोगकर्ताहरुले क्यासब्याक पाउने भएका छन्। खल्तीमार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा ग्राहकले १ हजारसम्मको क्यासब्याक पाउने भएका हुन्।

यसका साथै उनीहरुले ५ हजारसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा इन्स्योर १०० प्रयोग गरी १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।

कोरोना भाइरस महामारीको समयमा लामो लाइनमा नबसी सुरक्षित रुपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको खल्तीले जनाएको छ।

५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ।

Visa Travels