काठमाडौं। चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा सहभागी भएका अमिर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुल्ला गर्न माग गरे ।
। उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए ।

आन्दोलनकारीले हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

Visa Travels