साताको पहिलो दिन नेप्सेमा ६० अंकको वृद्धि

Nepal stock exchange - nepse

 

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार सूचक नेप्से २.३९ प्रतिशतले बढेको छ । आइतबार नेप्से सूचक २.३९ प्रतिशत अर्थात ६०.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको हो ।

ads

आइतबार दिनभरीमा नेप्सेमा कुल ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँ बराबरको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर खरिद बिक्रि भएको छ । जसमध्ये हिमालय डिष्ट्रिलरी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यसदिन हिमालय डिष्ट्रिलरीको ४४ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्रि भएको छ । त्यस्तै दोस्रोमा सर्वाधिक सेयर कारोबार हुने कम्पनीमा नबिल बैक रहेको छ । यसदिन नबिल बैंकको कुल २९ करोड ७० लाख रुपैयाँको सेयर खरिद बिक्रि भएको छ।

आइतबार कारोबारमा आएको १३ परिसूचकमध्ये १२ वटाको सूचक बढेको छ भने एउटा परिसूचक भने घटेको छ । यसदिन म्यूचल फण्ड समूहको परिसूचक ०.३९ प्रतिशतले घटेको हो । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक सवाधिक ५.०८ प्रतिशतले बढेको छ भने विकास बैंक र र्निजिवन बीमा समूहको सूचक भने क्रमशः ३.४२ र ३.५४ प्रतिशतले वृद्धि भएको छ ।

Visa Travels