हङकङ उड्ने सबै यात्रुले ४८ घण्टभित्रको पीसीआर रिर्पेाट अनिवार्य बोक्नु पर्ने

काठमाडौंबाट हङकङ उड्ने सबै यात्रुले ४८ घण्टभित्रको पीसीआर रिर्पेाट अनिवार्य बोक्नु पर्ने व्यवस्था गरिएकाे छ। नेपाल एयरलाइन्सले ११ अप्रिलमा निर्धारित यस रुटको उडानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुगेर पीसीआर परीक्षण गर्न यात्रुलाई अनुरोध गरेको छ ।

कोरोना भाइरसको प्रभाव कम हुँदै गएपनि संसारका केही मुलुकले भने अझै पनि यात्रामा कडाइ गरिरहेका छन्। निगमका अनुसार परीक्षणका लागि यात्रुले आइतबार बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ।

ads

Visa Travels