एलोन मस्कले ट्विटर खरिद गर्ने भएसंगै धेरैमा डोनाल्ड ट्रम्पको निलम्बित अकाउन्ट पनि उनले नै फुकुवा गर्छन त ? भन्ने प्रश्न उठेको छ। पूर्ण स्वामित्वमा रहने ट्विटरलाई स्वतन्त्ररुपले आफ्नो विचार वा भनाई ब्यक्त गर्न पाउने माध्यमा वा मञ्च बनाउने मस्कको भनाइ रहेको छ। डोनाल्ड ट्रम्पले भने अब आफु ट्विटरमा फेरि नफर्कने बताएका छन्। केही दिन भित्र उनि त्रुथ सोशलमा हुने बताए।

आफु राष्ट्रपति हुँदा ट्विटरको लागि धेरै गरेको तर ट्विटरले आफुलाई गरेको व्यवहारबाट निराश भएकोले ट्विटरमा नफर्कने उनको भनाइ रहेको छ। ट्विटरले जनवरी २०२१ मा ट्रम्पलाई प्लेटफर्मबाट स्थायी रूपमा निलम्बन गरेको थियो।

जनवरी ६ मा ट्रम्पका समर्थकहरुले अमेरिकाको राजधाननीमा आक्रमण गरेका थिए। पछि हिंसा बढ्ने जोखिमका कारण ट्विटरले उनलाई निलम्बन गरेको हो। ट्विटरमा ट्रम्पका ८० मिलियन भन्दा बढी फलोअर थिए।

Visa Travels